मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत ११ सोमबार ११:४७:००
Read Time : < 1 मिनेट
खेलकुद

एनआरएनएका २४ खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ११ सोमबार ११:४७:००

प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुदमा एनआरएनएबाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र २ महिला गरी २४ एनआरएनए खेलाडीले प्रतिस्पर्धा गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी गराए । खेलाडीबाहेक एनआरएनएबाट २ प्रशिक्षक र ४ निर्णायक पनि आठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन् ।

सबैभन्दा बढी करातेमा १२ खेलाडी रहेका छन् । पुरुषतर्फ करातेमा युएईबाट विजय तामाङ, लक्ष्मण मगर, उत्तम गुरुङ, कुमार भुसाल, लोकबहादुर श्रेष्ठ र रामबहादुर तामाङ, मकाउबाट नानबहादुर थापा र लोकमानसिंह श्रेष्ठ, अमेरिकाबाट जनकसिंह खड्का तथा मलेसियाबाट नोर्बु तामाङले प्रतिस्पर्धा गर्ने भएका छन् । करातेमै भाग लिने दुई महिला खेलाडीमा शान्तिदेवी अधिकारीले मकाउ तथा १७औँ इन्चोन एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी विमला तामाङले अमेरिकाबाट खेल्नेछन् ।

फुल कन्ट्याक्टमा जापानबाट अविरल घिमिरे, जुडोमा अस्ट्रेलियाबाट मोहन बम, बक्सिङमा जापानबाट प्रचण्ड केसी, लनटेनिसमा अस्ट्रेलियाबाट अमृत पौडेल र संरक्षक भूषण वज्राचार्यले प्रतिस्पर्धा गर्नेछन् । गल्फ हङकङबाट लवकुमार गुरुङ र ब्याडमिन्टनमा युएईका बिक्की बुढाले सहभागिता जनाउने भट्टले जानकारी दिए । एथलेटिक्सको म्याराथनमा मकाउबाट नारी चन्द तथा तेक्वान्दोमा युएईबाट नवीन श्रेष्ठले भाग लिनेछन् । बृहत् राष्ट्रिय खेलकुदमा एनआरएनए टोली पहिलोपटक सहभागी हुन लागेको हो । आठौँ राष्ट्रिय खेलकुदमा एनआरएनएसहित सात प्रदेश र तीन विभागीय गरी ११ टिमको सहभागिता रहनेछ ।