मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ चैत ११ सोमबार १०:५०:००
Read Time : < 1 मिनेट
सप्तरंग

माग्ने बुढा, धुर्मुस-सुन्तलीपछि बल्छी धुर्वे र राजु मास्टरले पनि छोडे 'मेरी बास्सै'

Read Time : < 1 मिनेट
२०७५ चैत ११ सोमबार १०:५०:००

हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) र राजु पौडेल (राजु मास्टर) ले नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट हात झिकेका छन् । मेरी बास्सैको निर्देशन, लेखन सम्हाल्दै आएका उनीहरु अब मेरी बास्सैबाट अगल भएका हुन् । 

कार्यक्रम उत्पादक मिडिया हबसँग केही विषयमा असहमति भएपछि आफूहरु अगल भएको कलाकार बल्छी धुर्वेले बताए । व्यक्तिगत युट्युब च्यानलमा आवद्ध हुन नपाउने जस्ता विषयमा कुरा नमिलेपछि उनीहरुले मेरी बास्सै छोडेको बताएका छन् ।

तर आफूहरु छिटै नयाँ हास्य टेलिश्रृंखला लिएर बल्छी धुर्वे र राजु मास्टरकै चरित्रमा दर्शक समक्ष आउने तयारीमा रहेको बल्छी धुर्वेले बताए । 

मेरी बास्सैलाई एक दशक अगाडिबाट सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्नेबुढा) ले सुरु गरेका थिए । त्यस्तै धुर्मुस सुन्तली पनि सामाजिक कार्यमा व्यस्त भएपछि मेरी बास्सैबाट अगल भएका थिए । धुर्मुस सुन्तली अगावै उक्त श्रृंखलाबाट माग्ने बुढा अलग भएका थिए ।

माग्नेबुढा र धुर्मुस दुवैले छोडेपछि राजु मास्टर र बल्छी धुर्वेले जिम्मेवारी पाएका थिए ।