मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २२ बुधबार १३:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र हुँदा पनि विकास हुन सकेन’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २२ बुधबार १३:१८:००

प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना देश अघि बढ्न नसक्ने बताएका छन् । बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीको सहयोगविना देशको विकास हुन नसक्ने बताए । उनले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताए । उनले देश किन विकसित हुन सकेन भन्नेबारे व्यापक छलफल हुन जरुरी रहेको बताए। 

कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए । प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको वेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे ।

उनले कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताए । कर्मचारीहरू नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरूले मात्रै गरेर केही नहुने उनकाे भनाए थियाे । अहिले देशको आम्दानी नहुँदा कर्मचारीलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने वेला आएको बताए ।  

प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनले देश विकासका लागि काम गर्न कर्मचारीलाई चाहिने सुविधा दिन सरकार तयार रहेको उल्लेख गरे ।