१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ २२ बुधबार ११:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इन्द्रजात्रा सांस्कृतिक पर्यटनको प्रमुख आकर्षण : पर्यटनमन्त्री श्रेष्ठ 

Read Time : < 1 मिनेट
२०७९ भदौ २२ बुधबार ११:३४:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनका लागि प्रमुख आकर्षण रहेको बताएका छन् । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा सुरुवातको अवसरमा आज हनुमानढोका पुगेका मन्त्री श्रेष्ठले इन्द्रजात्रासँगै यहाँका अनगिन्ती मूर्त-अमूर्त संस्कृति र सम्पदाहरूको प्रचार–प्रसारबाट पर्यटकलाई आकर्षण गर्न सकिने बताए । मुलुकको सांस्कृतिक धरोहरको रूपमा रहेको इन्द्रजात्राको काठमाडौं उपत्यकामा मनाइने अन्य जात्रा र चाडपर्वमध्ये विशिष्ट स्थान रहेको उनले बताए। 

नेपालका विभिन्न जातजातिका संस्कृति, संस्कार, परम्परा, जीवनशैली पर्यटक लोभ्याउने खालका रहेको बताउँदै उनले संस्कृति र सम्पदाहरूलाई पर्यटनसँग जोडेर स्थानीय जनताको जीवनस्तर उकास्ने आफ्नो कार्ययोजना रहेको बताए। सांस्कृतिक सम्पदाको प्रवर्द्धनमार्फत पर्यटकलाई आकर्षित गर्ने र नेपालको समृद्धिमा यसलाई उपयोग गर्न सकिने उनको भनाइ छ । 

काठमाडौंको हनुमानढोकाअगाडि विधिपूर्वक इन्द्रध्वजाको लिंगो ठड्याइएपछि इन्द्रजात्राको सुरुवात भएको छ । आठ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन एवं विभिन्न देवीदेवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने गरिन्छ । जात्रा पर्व सञ्चालनका लागि प्रदान गरिने अनुदान समयसापेक्ष बनाउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।