प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा तटस्थ चुनावी सरकार बनाउन एक सांसदले माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले तटस्थ चुनावी सरकारको माग गरेका हुन् ।
बैठकमा समय मागेर बोल्दै सांसद सुवालले भने, ‘अहिलेसम्म बनेका कुनै पनि चुनावी सरकारले निष्पक्ष निर्वाचन गराउन सकेनन् । त्यसैले यो तटस्थ चुनावी सरकार बनाइयोस् ।’
उनले निर्वाचनमा भाग नलिनेहरू मात्र त्यस्तो सरकारमा सहभागी हुनुपर्ने धारणा राखे । उनले त्यस्तो सरकार गठनका लागि पहल गर्न आग्रह गरे ।