मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १३:०२:००
Read Time : < 1 मिनेट
समाचार

ललितपुर'कला नगरी'महानगरपालिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १३:०२:००

विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको छ । 

नेपाल हस्तकला महासंघले शुक्रबार ललितपुरमा सातौं हस्तकला दिवसको अवसर पारेर विश्व कला परिषदले ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको औंपचारिक जानकारी गराएको छ । ललितपुर कला र कलाकारको सम्पन्न सहर भएकाले विश्व कला परिषदले एक महिना अघि ललितपुर महानगरपालिकालाई कला नगरी घोषणा गरेको थियो । सोही विषयको औंपचारिक जानकारी शुक्रबार गराइएको महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए । 

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले प्राचीन कला र संस्कृतिले भरिपूर्ण ललितपुर नगरीको महत्व विश्वमा बढदै गएको बताए । उनले ललितपुरलाई अझै परिचित गराउन यहाँको ऐतिहासिक घटनाहरुको अभिलेख राख्न नेपाल हस्तकला महासंघलाई आग्रह गरे । 

संस्कृतिविद् जोशीले ललितपुर नगरीलाई अझै सम्पन्न बनाउन यहाँको कला, संस्कृतिको विकासमा अझै जोड दिनुपन बताए । ललितपुरको पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचिको रुपमा विश्वमाझ परिचित छ ।