Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १२ मंगलबार ०८:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नयाँ पत्रिका ग्राहक योजना : वार्षिक ग्राहकलाई  नगद एक करोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १२ मंगलबार ०८:१४:००

नयाँ पत्रिका दैनिकले नयाँ ग्राहक योजना सुरु गरेको छ । ‘नयाँ पत्रिका जसले पढ्छ : करोडपति बन्छ’ नामक वार्षिक ग्राहक योजना सोमबारदेखि देशभर सुरु भएको हो । यो योजनामा सहभागीमध्ये एकजना भाग्यशाली विजेताले बम्पर उपहारमा नगद एक करोड रुपैयाँ जित्नेछन् । यस्तै, हरेक महिना एकजना भाग्यशाली ग्राहकले मोटरसाइकल जित्न सक्नेछन् । हरेक हप्ता एकजना ग्राहकले ५० हजार रुपैयाँबराबरको गिफ्ट भौचर पाउनेछन् ।

साथै स्क्र्याच कुपनमार्फत हात खाली नहुने गरी ग्राहकले ल्यापटप, ३२ इन्चको टिभी, स्मार्टफोन, फ्यान, २५ सयदेखि २५ हजारसम्मको गिफ्ट भौचर वा चन्द्रागिरि केबलकारको दुईवटा टिकट पाउन सक्नेछन् । मासिक र साप्ताहिक पुरस्कार विजेता ग्राहक पनि बम्पर उपहारमा सहभागी हुन पाउनेछन् ।

‘यो योजना देशभरि लागू भएको छ,’ नयाँ प्रकाशनका बिजनेस डाइरेक्टर सुनील वशिष्ठले भने, ‘हाम्रो टिम टोल–टोलमा पुग्नेछ ।’ वार्षिक ग्राहक बन्न NayaP टाइप गरी ३७००१ मा एसएमएस पनि गर्न सकिनेछ । नयाँ पत्रिकाको वार्षिक ग्राहक शुल्क जम्मा  १ हजार ८ सय छ ।