१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १७ शुक्रबार १०:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भदौ २१ भित्र उम्मेदवार सिफारिस गर्न राप्रपा नेपालको जिल्लालाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १७ शुक्रबार १०:०७:००

राप्रपा नेपालले आसन्न निर्वाचनका लागि भदौ २१ भित्र संघ, प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरी केन्द्रमा पठाउन जिल्ला समितिहरूलाई निर्देशन दिएको छ। बिहीबार बसेको सचिवालय बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत राखी महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमसमेत पास गरेको छ ।

कार्यक्रमअनुसार मेचीको काँकडभिट्टाबाट भदौ ३० गते सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं आएर यात्राको समापन हुने जनाइएको छ । यस्तै, विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरूसँग आवश्यक छलफल, परामर्श र वार्ता गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेदवारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन बस्नेतद्वारा स्रोत परिचालनसम्बन्धी कार्य प्रगति विवरणबारे  छलफल भएको बर्तौलाले जानकारी दिए ।