मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १५ बुधबार १०:५३:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

गुरु गोपालदासको नजरमा जीवन बदल्ने ५ पुस्तक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १५ बुधबार १०:५३:००

गुरु गोपाल दास अध्ययनका सौखिन हुन् । अमेरिकाको एक प्रतिष्ठित सफ्टवेयर कम्पनीको इलेक्ट्रिकल इन्जिनियरको जागिर छाडेर उनी १९९६ मा अध्यात्मतर्फ लागेका थिए । उनी अहिले लाइफस्टाइल कोच र मोटिभेसनल स्पिकरका रूपमा चर्चित छन् ।

भगवद्गीता
मलाई सबैभन्दा मन पर्ने पुस्तक भगवद्गीता हो । यसले जीवन बाँच्ने कलाबारे सिकाउँछ । 

द जर्नी होम
मेरा गुरु राधास्वामीले लेख्नुभएकाले पनि यो पुस्तक मेरा लागि सधैँ प्रेरणादायी छ । यस पुस्तकमा उहाँले भारत आउँदाको आफ्नो यात्राबारे लेख्नुभएको छ । 

लिडर्स इट लास्ट, साइन सिनेक
यस पुस्तकले नेतृत्वबारे धेरै बोलेको छ । नेतृत्वबारे बुझ्न यो अद्भूत छ । 

पोजेटिभ पर्सनालिटी टाइप, रोबर्ट रोम
यस पुस्तकले तपाईंलाई व्यक्तित्वको समीक्षा गर्न सहयोग गर्छ । यो निकै विस्तृतमा छ । तपाईंको पूर्ण सामथ्र्यबारे बुझ्न सहयोग गर्छ । 

महाभारत
यो पुस्तक ब्ल्याक एन्ड ह्वाइट छैन । पुस्तकले ठीक र गलत भनेको छैन । हाम्रा नैतिक द्विविधाबारे कुरा गरिरहेको छ । तर, ठोस उत्तर दिएको छैन । पुस्तक पढेर तपाईंले यसलाई आफ्नो यात्रासँग जोड्न थाल्नुहुन्छ ।