मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ १३ सोमबार १७:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुको बामगाउँमा प्रसूतिगृह निर्माण सुरु

Read Time : < 1 मिनेट
२०७९ भदौ १३ सोमबार १७:०३:००

मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बामगाउँमा प्रसूतिगृहको भवन निर्माण कार्य सुरु गरिएको छ। जिएनआई नेपाल र कोइकाको आर्थिक तथा प्राविधिक सहयोग र किर्डाक नेपालको साझेदारीमा सञ्चालित मातृ शिशु स्वास्थ्य कार्यक्रमअन्तर्गत प्रसूतिगृहको निर्माण कार्य सुरु गरिएको हो।

आइतबार छायाँनाथ रारा नगरपालिका– १४ का वडाध्यक्ष, अस्पताल विकास समिति अध्यक्ष, कोइकाका जिल्ला टिम लिडर, कोइकाकै अन्य कर्मचारी, बाम स्वास्थचौकीका कर्मचारी, सञ्चारकर्मी, स्थानीय नागरिकको उपस्थितिमा प्रसूतिगृह शिलान्यास गरिएको हो। ६६ लाख ५२ हजार रुपैयाँ कुल लागतमा बनाउन लागिएको उक्त प्रसूतिगृह ०८० वैशाख मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ।

आरसिसी फ्रेम स्ट्रक्चरमा निर्माण गरिने भवनमा सातवटा कोठा र तीनवटा शौचालय हुनेछ।  उक्त प्रसूतिगृह निर्माण पूरा भई सेवा सुचारु भएपछि कम्तीमा चार सय ४५ घरधुरीका गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुले स्वास्थ्य सेवा पाउने छायाँनाथ रारा नगरपालिका– १४ का वडाध्यक्ष जुनबहादुर खड्काले बताए।