१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १२ आइतबार १७:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशलाई प्रतिगमनबाट बचायौँ : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १२ आइतबार १७:५३:००

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर देशलाई प्रतिगमनको दिशामा जानबाट बचाएको दाबी गरेका छन्। अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई आइतबार राजधानीमा सम्बोधन गर्दै नेपालले आफूहरूको विद्रोहबाट जनताको हकअधिकार हनन् हुन बचेको दाबी गरेका हुन्। 

कम्युनिस्ट पार्टीको पुनर्गठन र रूपान्तरको उद्देश्य लिएर अगाडि बढेको उनले बताए। उनले भने, 'हामीले विद्रोह नगरेको भए, नेपालको राजनीति ठूलो सुरुङभित्र मात्रै होइन, प्रतिगनकारी दिशामा गइसक्ने थियो। जनताको अधिकार सबै हनन् भइसक्ने थिए। कम्युनिस्ट पार्टीले कलंकको ठूलो टीका लगाउनुपर्ने स्थिति बनिसक्ने थियो। त्यसकारण पार्टीको क्रान्तिकारीकरण गर्न, कम्युनिस्ट आन्दोलनको रक्षा गर्न, पार्टी पुनर्गठन र रूपान्तरण गर्नुपर्ने आवश्यकता हामीले महसुस गर्‍यौँ।’ 

उनले इमानदार राजनीति गर्न चाहेको पनि बताए। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको प्रचारमा खटिन उनले विद्यार्थी नेताहरूलाई निर्देशनसमेत दिए।