मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ १२ आइतबार १७:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाले धनकुटामा टिकट पाउनुपर्छ : चेम्जोङ

Read Time : < 1 मिनेट
२०७९ भदौ १२ आइतबार १७:४८:००

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश १ इन्चार्ज रकम चेम्जोङले गठबन्धनको तर्फबाट जसपाले धनकुटामा टिकट पाउनुपर्ने बताएका छन्। प्रेस मञ्च नेपाल धनकुटाले आइतबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वसञ्चारमन्त्रीसमेत रहेका जसपा नेता चेम्जोङले संघीय संसद्को उम्मेदवारीको लागि जसपाको धनकुटामा बलियो दाबी रहेकोसमेत बताए। 

‘पाँचदलीय गठबन्धनले धनकुटाको हकमा सर्वसम्मत निर्णय गर्छ,’ उनले भने।

सत्तारुढ गठवन्धनको चुनावी तालमेलको मोडालिटी बनाउन निर्माण गरिएको कार्यदलका सदस्यसमेत रहेका नेता चेम्जोङले तोकिएको समयभित्र कार्यदलले सिट बाँडफाँडको काम टुंगोमा पुर्याउने उनले बताए।

‘कार्यदलको म्याद भदौ १५ गतेसम्मको लागि हो। यति टुंगोमा पुगेन भने बढी पाँच दिन समय थपिन सक्छ,’ चेम्जोङले भने।