१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
प्रकाश कँडेल
२०७५ पौष ८ आइतबार ११:२२:००
Read Time : > 1 मिनेट
खेलकुद

ललितपुरलाई इपिएल उपाधि

Read Time : > 1 मिनेट
प्रकाश कँडेल
२०७५ पौष ८ आइतबार ११:२२:००

ललितपुर पेट्रियट्सले पहिलोपटक एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । २० हजार दर्शकले भरिएको त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा ललितपुरले भैहरवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुर च्याम्पियन बन्यो । इपिएलमा म्यान अफ द सिरिज भारतीय खेलाडी रवि इन्दर सिंह घोषित भए ।

सुरुवात कमजोर अन्त्य
टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले उत्कृष्ट सुरुवात गरे पनि १९.१ ओभरमा अलआउट भए पनि १ सय ५६ रन बनाएको थियो । भैरहवाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४१ रन मात्र जोड्न सफल भयो । भैरहवालाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो । ललितपुरबाट योगेन्द्र कार्कीले इनिङकै अन्तिम ओभरमा बलिङ गरे । उनको ओभरमा दुई रन आउट तथा एक ब्याट्सम्यान क्याचआउट हुँदा ललितपुरले उपाधि उचाल्यो । 

पुछारका ब्याट्सम्यान नचल्दा भैरहवा उपविजेता
१ सय ५६ रनको लक्ष्य पछ्याएको भैरहवाले मध्यम सुरुवात ग¥यो । कुनै समय पूर्ण रूपमा खेल आफ्नो नियन्त्रणमा राखेको शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा पछिल्ला क्रमका ब्याटिङ लाइनअप चल्न नसक्दा १४ रनले पराजित भयो । भैरहवाका लागि प्रदीप ऐरीले सर्वाधिक ३४ रन बनाउँदा रवि इन्दर सिंहले २९ रन जोडे । अन्तिम ओभरमा १६ रन चाहिएको भैरहवाले तीन विकेट गुमाएको थियो । अन्तिम ओभरमा क्रिजमा रोहितकुमार पौडेल र कुशल मल्ल थिए । योगेन्द्रले पहिलो बलमै रोहितलाई ७ रनमा क्याच गराए । उनको दोस्रो बलमा कुशलले १ रन मात्र लिए । तेस्रो बलमा कुशल मल्ल तथा चौथो बलमा भुवन कार्की रनआउट भए । अन्य दुई बल योगेन्द्रले डट फाल्दै टिमलाई १४ रनको जित दिलाए ।

उत्कृष्ट सुरुवात
ललितपुरका ओपनर जयकिशन कोल्सावाला र गौरव तोमारले पहिलो विकेटका लागि ५.१ ओभरमा ४१ रनको साझेदारी गरेका थिए । तोमार २३ रनको अवस्थामा आउट हुँदा कोल्सवालाले ५७ रनको अर्धशतकीय इनिङ खेले । प्रतियोगितामा कोल्सावालाले पहिलो अर्धशतकीय इनिङ खेल्दा ललितपुरले चुनौतीपूर्ण लक्ष्य दियो । सन्दीप झोराले २४ रन बनाए । १७.३ ओभरमा १४५÷६ मा रहेको ललितपुरले थप १० रन जोड्दा अन्य ४ विकेट गुमाएको थियो । ललितपुरका ६ ब्याट्सम्यान दाहोरो स्कोर बनाउन असफल भएका थिए ।