मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ ९ बिहीबार ०६:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शुक्रबार आइएमई पेको ‘क्युआर डे विथ आइएमई पे’ अफर

Read Time : < 1 मिनेट
२०७९ भदौ ९ बिहीबार ०६:१२:००

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पेले गएको असारमा सञ्चालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुनः सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक दिनका लागि यो अफर खुलाउने भएको हो ।

पुरानो संस्करणजस्तै योपटक पनि प्रयोगकर्ताले कुनै पनि क्युआर पेमेन्ट आइएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरिमा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्म प्राप्त गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

यो अफरमार्फत अझ धेरै नयाँ तथा सम्भाँवित प्रयोगकर्तालाई आइएमई पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न र त्यस्तै माध्यमको प्रयोगमा अभ्यस्त बनाई विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने कम्पनीले विश्वास व्यक्त गरेको छ ।अघिल्लो समयजस्तै यस अफरमा पनि पहिलो दुई हजार पाँच सय सेवाग्राहीले मात्र क्यासव्याक पाउनेछन् भने पियर्स टु पियर्स क्युआर ट्रान्जेक्सनमा यो अफरअन्तर्गतको क्यासव्याक नपाउने आइएमई पेले जनाएको छ ।