मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ६ सोमबार ०६:०२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्युतीय गाडीको र्‍यालीसहित हुन्डाई नेपालको वृक्षारोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ६ सोमबार ०६:०२:००

हुन्डाई नेपालले ‘बिई (भी) द चेन्ज’ अभियानअन्तर्गत विद्युतीय गाडीको र्‍यालीसहित वृक्षारोपण गरेको छ । बिई (भी) अर्थात् ब्याट्री इलेक्ट्रिक भेहिकलअन्तर्गत कम्पनीका ४० भन्दा बढी विभिन्न मोडेलका विद्युतीय गाडी चुनिखेलको रातोमाटे डाँडामा पुगी वृक्षारोपण कार्यक्रम गरिएको हो । 

रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा थापाथलीबाट बुढानीलकण्ठसम्म कोना र आयोनिक–फाइभ गाडीमा पुगेका करिब एक सय ५० जनाको सहभागितामा दुई सयभन्दा बढी वृक्षारोपण गरिएको कम्पनीले जनाएको छ । हुन्डाई नेपालको ‘‘बिई (भी) द चेन्ज’ हुन्डाई मोटर कम्पनीको पर्यावरणमैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहलस्वरूप ल्याइएको जनाएको छ । बी नेगेटिभको मतलव ब्याट्री इलेक्ट्रिक भेहिकल कार्बन न्युट्रालिटीको पर्याय बनेको कम्पनीको दाबी छ । हाल ‘बिई (भी) द चेन्ज’ले हरेकलाई व्यक्तिगत र सामुदायिकस्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

यो अभियानअन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये पर्ने एक काम वृक्षरोपणले साधारण सवारीसाधनको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आशा राखिएको कम्पनीले जनाएको छ । त्यस्तै, आगामी दिनमा पनि कम्पनीले यो अभियानअन्तर्गत पर्यावरण दिगोपनसम्बन्धी अन्य कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।