मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत ९ शनिबार २०:४०:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव समूहलाई वैद्यकाे साथ, नेता कार्यकर्तालाई यातना नदिन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ९ शनिबार २०:४०:००

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्व नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीसहित ९ जना पक्राउ गरेकाे विषयमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तीकारी माओवादी) आपत्ति जनाएकाे छ । 

शनिबार नेकपा (क्रान्तीकारी माओवादी) महासचिव वैद्यद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्तिमार्फत विप्लव समूहमाथि सरकारले लगाएकाे प्रतिबन्ध लगाएर नेता कार्यकर्ता पक्राउ गर्नु सरकारकाे फाँसीवाद व्यवहार भएकाे उल्लेख गरिएकाे छ । विज्ञप्तिमा सरकारले विप्लव पार्टीमाथि लगाइएको प्रतिबन्ध फिर्ता गरी समस्याको समाधान गर्न गरिएकाे छ ।