मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ९ शनिबार १९:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेस नेता सिटौलाको स्वास्थ्य सुधारोन्मुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ९ शनिबार १९:०५:००

शुक्रबार साँझदेखि ह्याम्स अस्पतालमा उपचार गराउँदै आएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधार भएकाे छ । सिटौलाको रगतमा हेमोग्लोबीनको मात्रा, सुगर र प्रेसर कमी देखिएपछि शुक्रबार साँझ पौने ५ बजे आइसीयूमा भर्ना गरिएको थियो । 

नेता सिटौलाकाे स्वकीय सचिव प्रेम भट्टराईका अनुसार अस्पत्ताल भर्ना गर्दा रगतमा हेमोग्लोबीनको मात्रा ६ भएकोमा अहिले ८ पुगेको छ । त्यस्तै प्रेसर ६०-४० भएकोमा अहिले ११०-७० मा पुगेको छ । ‘अस्पतामा भर्ना हुँदा भन्दा स्वास्थ्य अवस्था सामान्य बन्दै गरेको डाक्टरहरुले बताउनु भएको छ’ स्वकीय सचिव भट्टराईले नयाँ पत्रिकासँग भने ‘अहिलेसम्म आइसीयूमै हुनुहुन्छ ।’

सिटौलालाई डा. भगवान कोइराला, डा. मनबहादुर केसी, डा. भूपेन्द्रकुमार बस्नेतलगायतको टोलीले हेरिरहेको भट्टराईले जानकारी दिए । शुक्रबार बिहान असहज भएपछि सिटौलालाई सवा १० बजे महाराजगञ्जस्थित मेट्रो अस्पताल पुर्‍याइएको थियो । लामो समयदेखि सुगर र प्रेसरका बिरामी सिटौलाले मेट्रो अस्पतालका डा. ज्योति भट्टराईसँग नियमित जाँच गराउँदै आएका थिए । तर, अस्पत्तालमा रहेकै बेला स्वास्थ्य अवस्था बिग्रिएपछि डाक्टरकै सल्लाहमा उनलाई ह्याम्स पुर्‍याएर आइसियूमा भर्ना गरिएको भट्टराईले बताए ।
 
मुटुको अपरेसन गरेर स्टयाण्ड हालेका सिटौलाले रगत बाक्लो हुन नदिनका लागि एस्पिरिन नामक औषधि खाइरहेका थिए । भट्टराईका अनुसार त्यही औषधिले साइडइफेक्ट गर्दा इन्टलन विल्डिङ भइरहेकाले समस्या देखिएको डाक्टरहरुले बताएका छन् ।