मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ९ शनिबार १८:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रतिबन्ध होइन संविधान विरोधी गतिविधि नियन्त्रण : प्रवक्ता श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ९ शनिबार १८:५१:००

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध नभई संविधान विरोधी गतिविधि राेक्न नियन्त्रण गरेकाे बताएका छन् । शनिबार गोरखामा आयाेजित पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले विप्लव समूहलाई वार्ताका लागि आह्वान गरेको भन्दै संविधान कार्यान्वयन गर्न उसको क्रियाकलाप नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताएका हुन् ।    

“प्रधानमन्त्रीले वार्तामा आउन आह्वान गर्नुभएको कुरा सञ्चारमाध्यममा बाहिर आइरहेकै छ”, प्रवक्ता श्रेष्ठले भने, “सरकारको आधिकारिक निर्णयमा पनि प्रतिबन्ध भनिएको छैन ।” उनले विप्लव समूहले संविधान विरोधी क्रियाकलाप गरिरहेको छ, त्यसलाई नियन्त्रणमा लिने काम सरकारले गरेको बताए । “बाहिर चर्चामा आए जस्तो सरकारले वार्ता गर्न चाहेन भन्ने कुरा सत्य होइनन्”, उनले भने, “सरकार वार्ता गर्न तयार छ, संविधान विरोधी गतिविधि नियन्त्रण गर्न पनि ।” 

प्रवक्ता श्रेष्ठले विप्लवको लक्ष्य राजनीतिक भए पनि गतिविधि राजनीतिक हुन नसकेको बताए । “शान्तिपूर्ण बाटोबाट समाजवादमा पुग्ने लक्ष्य हासिल गर्न सकिन्छ,” उनले भने, “तर उहाँहरु शान्तिसुरक्षामा खलल पुर्‍याउने, अराजकता सिर्जना गर्ने बाटोतिर लाग्नुभएको छ ।” रासस