मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ ४ शनिबार २१:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भागबन्डा तलमाथि हुनासाथ सत्तागठबन्धन भत्किन्छ : उपाध्यक्ष पाण्डे

Read Time : < 1 मिनेट
२०७९ भदौ ४ शनिबार २१:३५:००

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सत्तारुढ पाँचदलीय गठबन्धन भागबन्डाका आधारमा गरिएको भन्दै भागबन्डा तलमाथि हुनासाथ भत्किने दाबी गरेका छन् । पोखरामा शनिबार आयोजना गरिएको नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चको ११औँ साधारणसभालाई सम्बोधन गर्दै पाण्डेले यस्तो दाबी गरेका हुन् । 

पाँचदलीय गठबन्धनलाई भागबन्डाको लागि गरिएको गठबन्धनको संज्ञा दिँदै पाण्डेले यो कहिलेसम्म टिक्छ भन्दै प्रश्नसमेत गरे । वर्तमान पाँचदलीय गठबन्धन विचार मिल्नेहरूको गठबन्धन नरहेको र केवल सत्ताभोगको भागबन्डाको लागि गरिएको उनको आरोप थियो । ‘भागबन्डामा गरिएको गठबन्धन कहिलेसम्म जान्छ, हेरौँ । कुनै निश्चित फाइदा, भाग बाँड्नका लागि गरिएको गठबन्धन दलहरूबीच भाग तलमाथि हुनासाथ भत्किन्छ,’ उनले भने ।  

एमालेलाई एक्लै पार्न र हराउनका लागिसमेत गठबन्धन गरिएको उनको आरोप थियो । निर्वाचनमा एमालेसँग एक्लै भिड्ने ताकत कुनै दलसँग नरहेको उनले दाबी गरे । आफ्नो पार्टीले विचार नमिल्ने दलहरूको गठबन्धन नगर्ने दाबी गर्दै विचार र आस्थाका आधारमा मात्र एमालेले अन्य पार्टीसँग गठबन्धन गर्ने उनको दाबी थियो ।