१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ भदौ ४ शनिबार १८:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित दुई युवक पक्राउ

Read Time : < 1 मिनेट
२०७९ भदौ ४ शनिबार १८:०१:००

प्रहरीले लागुऔषधसहित दुई युवकलाई हेटौँडामा पक्राउ गरेको छ। मकवानपुर प्रहरीले लागुऔषध नाइट्रोभेट ६ सय ट्याब्लेट, डाइजेपाम ९३० एम्पुल र सवारीसाधन मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको हो। 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका- १५ रातोमाटे चेकपोस्टस्थित वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको जनाएको छ।

प्रहरीले बसमा सवार विराटनगर महानगरपालिका–१५ घर भई हाल वीरगन्ज बस्ने २२ वर्षीय रंजित शर्मालाई पक्राउ गरेको हो। शर्माको साथबाट २० किलाको चामलको बरोमा लुकाई ल्याएको डाइजेपाम ३ सय १० एम्पुल, फेनरागन ३ सय १० एम्पुल, नुफिन ३ सय १० एम्पुलसहित ९ सय ३० एम्पुल र नाइट्राभेट ६ सय ट्याब्लेट बरामद गरेको हो।