१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ ३ शुक्रबार २०:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्- तनहुँ– १ बाटै चुनाव लड्छु

Read Time : < 1 मिनेट
२०७९ भदौ ३ शुक्रबार २०:१८:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ– १ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन्। गृहजिल्ला तनहुँको दमौली आएका पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन्।  

नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग यसबारेमा आफूले कुरा गरिसकेको बताउँदै वरिष्ठ नेता पौडेलले भने, ‘यसबारे सबै नेतासँग समझदारी भइसकेको छ, त्यसलाई केही समयपछि औपचारिक रूप दिन्छौँ ।’