१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३ शुक्रबार ०६:१२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

युवा उद्यमशीलता सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३ शुक्रबार ०६:१२:००

सरकार र निजी क्षेत्रको साझेदारीमा भदौ २८ गते काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन– २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मूल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो । टाइटल स्पोन्सरसम्बन्धी समझदारीपत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले हस्ताक्षर गरेका हुन् । 

हस्ताक्षरपछि परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले ‘आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनले युवाहरूलाई उत्पादन र स्वरोजगारसँग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको बताए । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ५७ वर्ष पहिला स्थापना भएको वाणिज्य बैंकले युवाहरूलाई उद्यमी बनाउन आवश्यक बिउपुँजी, तालिम र यस्ताखाले सम्मेलनमा सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

पहिलो शिखर सम्मेलनमा समेत मुख्य प्रायोजक रहेको स्मरण गर्दै श्रेष्ठले यो सम्मेलनले देशभरका युवाहरूमा वित्तीय साक्षरता, बैंकिङ पहुँच अभिवृद्धि र बलियो राष्ट्रियस्तरको सञ्जाल स्थापना हुने विश्वास व्यक्त गरेका थिए । सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले युवा उद्यमका लागि सरकारको कानुन, कार्यक्रम र बजेटबारे पुनरावलोकन गर्न सम्मेलनले सहजीकरण गर्ने बताए । युवा उद्यमशीलताका लागि वातावरण बनाउँदै स्टाटअपहरूको संख्यात्मक र गुणात्मक सहभागिताका लागि सम्मेलन आयोजना गरिएको उनको भनाइ थियो । ७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिब पाँच सयजना युवाहरू सम्मेलनमा सहभागी हुने जनाइएको छ । 

सम्मेलनमा स्टाटअप स्टोरी आदान–प्रदान, प्यानल डिस्कसन, समूहगत छलफल, नेटवर्किङ, सफल युवा उद्यमीहरूको प्रस्तुतिसहितको अवार्ड वितरण, उद्यमी मेलाजस्ता कार्यक्रम रहने जनाइएको छ । त्यस्तै, विश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरिङ र लगानी सम्झौतालगायतका कार्यक्रमहरू रहेको आयोजकको भनाइ छ । सम्मेलनमा राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत साझेदार रहेको जनाइएको छ ।