मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३ शुक्रबार ०८:१३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बुद्ध र निस्टलाई बिआइबी कप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३ शुक्रबार ०८:१३:००

बुद्ध ऐकडेमी र निस्टले पाँचौँ बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । बुद्ध पुरुष तथा निस्ट महिला च्याम्पियन बनेका हुन् । अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस)को हलमा भएको फाइनलमा बुद्धले निमोनिकलाई ६८–४४ ले पराजित गर्‍यो । बुद्धको जितमा कोसिस भुजेलले १६ स्कोरको योगदान गरे ।

महिलातर्फको उपाधि भिडन्तमा निस्टले डाफोडिललाई २५–२१ ले हरायो । निस्टको जितमा पूर्णिमा बरालले १० स्कोरको योगदान गरिन् ।प्रतियोगितामा कोसिस र पूर्णिमा ‘मस्ट भेलुएबल प्लेयर’ घोषित भए । पुरुषमा निमोनिकका प्रवेश तामाङ तथा महिलामा आयोजक बौद्ध इन्टरनेसनल स्कुलकी सब्रिना पन्त सर्वाधिक स्कोरकर्ता बने । सहभागीमध्ये समग्रमा निसर्ग वाटिका अनुशासित टिम ठहरियो ।

विजेता टोली र खेलाडीलाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल र बिआइएसका प्रिन्सिपल हरि लामालगायतले पुरस्कृत गरे । ११ दिनसम्म चलेको प्रतियोगितामा पुरुष र महिलातर्फ समान १२ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।