१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ २ बिहीबार ०८:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बसले टेम्पुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु 

Read Time : < 1 मिनेट
२०७९ भदौ २ बिहीबार ०८:१८:००

पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर बागमती सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा तीजनाको ज्यान गएको छ । सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको प्रदेश २–२००१ह२१०९ नम्बरको टेम्पुलाई काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती ०३–००१ख२०१ नम्बरको रात्रिबसले ठक्कर दिँदा सर्लाहीको बागमती नगरपालिकाका तीनजनाको ज्यान गएको हो ।

मृतकमध्ये सर्लाहीको बागमती नगरपालिका साेल्टी घर भएका ढकबहादुर लुंगेली मगरको मात्र सनाखत भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिएका छन् । मृतक दुईजना पुरुषको सनाखत हुन बाँकी रहेको डिएसपी जयसवारले बताए । ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।