१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ २ बिहीबार ०७:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
२०७९ भदौ २ बिहीबार ०७:३८:००

जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा फरार रहेका राइनास नगरपालिका– ६ बस्ने वर्ष २२ का सुवास नेपालीलाई पक्राउ गरेको हो । 

लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीका अनुसार राइनास नगरपालिका– ७ सालफेदी बस्ने अनिता चिलुवालको घरमा कोही नभएको मौका पारीे नेपालीले करिब तीन लाख १६ हजार चार सयबराबरको सुनको ब्रासलेट, औँठी, सुनको पन्चरत्ने बाला, मोबाइल सेट र घडी चोरेको आरोपमा पक्राउ गरिएको हो । 

उनीविरुद्ध पीडित चिलुवालले प्रहरी चौकी धमिलिकुवामा मौखिक उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा खोजतलास गर्दा मंगलबार राइनास नगरपालिका– ६ मा नेपालीलाई फेला पारी नेपालीको शरीरबाट मोबाइल फोन, घडी र नगद  एक हजार ६ सय पाँच रुपैयाँ बरामद गरिएको सूचना अधिकारी रेग्मीले बताए । बुधबार नेपालीलाई जिल्ला अदालत लमजुङबाट चोरीसम्बन्धी कसुरमा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ  ।