१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार ०६:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई लाइफले दियो एकै दिनमा झन्डै ६ हजारलाई बिमा साक्षरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार ०६:१२:००

बिमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आइएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरूमा बिमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । कम्पनीले स्थापनाको पाँचौँ वर्ष पूरा गरेको अवसर पारेर देशभर बिमा साक्षरता जागरण अभियान सञ्चालन गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बिमा क्षेत्रको समग्र विकास एवं विस्तारका लागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरिबीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिए । बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिको उद्देश्यलाई आत्मसात् गर्दै बिमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ ।

देशभर गरिएको बिमा साक्षरता जागरण कार्यक्रममा पाँच हजार आठ सय ४८ विद्यार्थी सहभागी भएको कम्पनीको दाबी छ । ६० भन्दा बढी विद्यालय एवं क्याम्पसमा जनचेतना प्रवाह गरिएको जनाइएको छ । बिमा कम्पनीले एकै दिन यति संख्यामा विद्यार्थीलाई बिमासम्बन्धी जनचेतना प्रवाह गरेको सम्भवतः यो पहिलोपटक भएको कम्पनीको भनाइ छ ।  

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले विद्यार्थीलाई बिमासम्बन्धी प्रचलित ऐनका साथै बिमाको महत्व र राष्ट्र विकासमा बिमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको बताए । आइएमई लाइफ इन्स्योरेन्सले पाँचौँ वर्ष पूरा गरेको अवसरमा एकै दनमा सात सय ४८ जनालाई बिमा अभिकर्ता तालिम, पाँच सय ७१ जनाबाट बृहत् रक्तदान तथा सातै प्रदेशमा एक हजार तीन सय दुईजना लाभान्वित हुने गरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ ।