मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ श्रावण ३१ मंगलबार १०:१३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मुगु अस्पतालले पायो विकास समिति अध्यक्ष

Read Time : < 1 मिनेट
२०७९ श्रावण ३१ मंगलबार १०:१३:००

५७ शय्याको मुगु जिल्ला अस्पतालले डेढ वर्षपछि अस्पताल विकास समितिको अध्यक्ष पाएको छ । जिल्ला अस्पतालमा विकास समिति अध्यक्ष करिब दुई वर्षदेखि खाली रहँदा अस्पतालका आर्थिक, प्रशासनिक, भौतिकलगायत कामकाजमा समस्या भएको थियो । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको मिति ०७९ साउन ११ को निर्णयअनुसार गजेन्द्रबहादुर मल्ललाई जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गरिएको हो । 

अस्पताल विकास समिति मुगुको अध्यक्षमा मनोनयन भएका मल्लले आइतबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले आफ्नो चारवर्षे कार्यकालमा अस्पतालको सेवालाई सुधार गर्न प्रयास गर्ने बताए ।

रिक्त पदमा विशेषज्ञ डाक्टर ल्याउन तत्काल पहल गर्ने, ल्याब टेक्निसियन, तथ्यांक अधिकृत, मेडिकल रेकर्डर, नर्सिङ अधिकृत, स्थायी चिकित्सक नवौँ तहलगायत दरबन्दी पूर्ति गर्न ध्यान केन्द्रित गर्ने उनले बताए ।

खानेपानी सेवा, स्तरीय शौचालयलगायत अस्पतालका भौतिक तथा प्रशासनिक काम चुस्त बनाउन नियमित लाग्ने उनले बताए । केही दिनमै अन्य सदस्य मनोनीत गरी समितिलाई पूर्णता दिइने मल्लले जनाए । उनले पदभार ग्रहणपश्चात् अस्पतालमा भर्ना भएका बिरामीलाई जुस वितरण गरेका थिए ।