१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाह । तस्बिर : महानगर
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३० सोमबार १९:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालेनले किन उठाए सत्तारुढ र प्रतिपक्षी दलतिर औँला ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३० सोमबार १९:२७:००

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्तारुढ र प्रतिपक्षी दलहरूकै स्थानीय नेताहरूका कारण फोहोर व्यवस्थापन असहज देखिएको बताएका छन् । 
केहीबेर अघि सामाजिक सञ्जालमार्फत शाहले दुई सयभन्दा बढी प्रहरी परिचालन गरेर फोहोरका गाडी लैजान खोज्दा पनि लुकेर गुलेली हानी अवरोध सिर्जना गर्ने प्रयास भएको बताएका छन् । 


‘फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि साथ दिएको देखियो,’ उनले लेखेका छन्, ‘यद्यपि २०० भन्दा बढी प्रहरीहरूको परिचालनबाट फोहोरका गाडीहरू बञ्चरे लगियो । तर, केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरू बञ्चरे डाँडा लैजान सकियो ।’


उनले फोहोर व्यवस्थापनमा केही दिनयता देखिएका समस्या सतही नभई गहिरा रहेको र कारणहरू अलग्गै रहेको जिकिर गरेका छन् । ‘नत्र सोच्नुहोस् त, राज्यले पाँच अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै दुई दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ?’ मेयर शाहले प्रश्न गरेका छन्, ‘दुई सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’