मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३० सोमबार १८:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपामा गठबन्धन र तालमेलको अधिकार अध्यक्ष लिङ्देनलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३० सोमबार १८:०५:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन, तालमेल र सहकार्यका लागि निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ। सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।

बैठकले लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समितिसमेत गठन गरेको छ। त्यसैगरी, घोषणापत्र तयारीका लागि प्रा.डा. गीताभक्त जोशीको संयोजकत्वमा सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्रा.डा. जयन्तनाथ खनाल र सहप्राध्यापक हेमराज कार्की रहेको समिति गठन गरेको छ।