मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३० सोमबार १३:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टीमा भेदभाव गर्दिनँ, न्यायोचित रूपमा टिकट वितरण हुन्छ : सभापति देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३० सोमबार १३:२५:००

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैप्रति भेदभाव नगर्ने बताएका छन्। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमको सानेपामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्न अनुरोध गर्दै देउवाले भने, ‘०७४ सालमा हामी गठबन्धनसँग एक्लै लडेर पराजित भएका थियौँ । अहिले हाम्रो गठबन्धन छ। कति ठाउँमा जित्छौँ भन्ने कुरा महत्त्वपूर्ण हो। यसमा साथीहरूले मनन गरेर लाग्नुहोला। पार्टीका साथीहरूलाई भेदभाव गर्दिनँ, सबैलाई मिलाएर लाने इच्छा छ।'

विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व लिएको स्मरण गराउँदै सभापति देउवाले स्थानीय तह निर्वाचनबाट पार्टी बलियो भएको स्पष्ट पारे। टिकट वितरणमा कसैलाई अन्याय नहुने आश्वासन दिँदै उनले भने, ‘न्यायोचित रूपमा टिकट वितरण हुन्छ। कसैलाई अन्याय हुँदैन। तपाईंहरू ढुक्क भएर चुनावमा लाग्नुहोस्।’

गाउँगाउँमा सिंहदरबार आए पनि जनताले केही नपाएकोमा असन्तुष्टि जनाउन थालेका भन्दै उनले जनताको दिल जित्ने गरी निर्वाचन तयारीमा लाग्नसमेत नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।