मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ३० सोमबार १२:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको दुईदिने अभिमुखीकरण कार्यक्रम आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ३० सोमबार १२:०६:००

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षका लागि आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम गर्दै छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बधाई/शुभकामना तथा अभिमुखीकरण कार्यक्रमको आज उद्घाट्न गर्नेछन् । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम ललितपुरको हेरिटेज गार्डेनमा हुनेछ ।

कार्यक्रममा कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख ३४, उपप्रमुख २३, नगर प्रमुख एक सय ४१, उपप्रमुख एक सय १०, गाउँपालिका अध्यक्ष एक सय ८८, उपाध्यक्ष एक सय ९० लाई निमन्त्रणा गरिएको छ । यसबाहेक कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको पनि उपस्थिति रहने पार्टी कार्यलयले जनाएको छ ।

कार्यक्रमको पहिलो दिन आज उद्घाटनपछि संविधान, स्थानीय तह, राजस्व, तीनै तहका सरकारको अन्तरसम्बन्धलगायत क्षेत्रका विज्ञ काशीराज दाहाल, जगदीश भट्टराई, डा. विश्वनाथ पौडेल र सन्तोषमणि नेपालले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यसैगरी, दाेस्रो दिन पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पार्टीका नेता एवं गृहमन्त्री बालकृष्ण खाण, प्रवक्ता डा. प्रकाशशरण महतले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।