मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण ३० सोमबार ०८:३५:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘ऐना झ्यालको पुतली’मा  दिदी र भाइको कथा 

Read Time : < 1 मिनेट
२०७९ श्रावण ३० सोमबार ०८:३५:००

स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई समेटेर सुजित बिडारीले निर्देशन गरेको फिल्म ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा दिदी र भाइको सम्बन्धका आयामलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । 

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अस्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ । बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’मा समेत यो फिल्म छानिएको थियो । फिल्मले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो । 

फिचर फिल्म लेखन/निर्देशनमा सुजितको यो डेब्यु हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेटको थियो । फिल्ममा पहाडी जिल्लाको एक गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई उतारेको छ । जतिचोटि उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको सपना भताभुंग हुन्छ ।

सुजितले किशोरीको पढ्ने सपनालाई ऐनाजस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए । ‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ, तर जति प्रयास गरे पनि निस्कन सक्दैन । हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ,’ सुजितले भने, ‘उसलाई बाहिर निस्कनु छ, तर हरेकपटकको प्रयासमा अड्चन आइरहन्छ ।’ किशोरी र उनको नौ वर्षको भाइबीचको बालसुलभ सम्बन्ध पनि फिल्ममा देखाइएको छ ।