१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोहन विष्ट
२०७५ चैत ८ शुक्रबार १४:०१:००
Read Time : > 1 मिनेट
समाचार

नेपाली भूमिमा सडक बनाउँदा भारतीय पक्षको अवरोध, निर्माण रोकियो

Read Time : > 1 मिनेट
मोहन विष्ट
२०७५ चैत ८ शुक्रबार १४:०१:००

कञ्चनपुरको उत्तर पश्चिम नेपाल तर्फ हुन थालेको सडक निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध सिर्जना गरेका छन् । भीमदत्त नगरपालिका ९ ब्रम्हदेबदेखि टनकपुर जोड्ने सडक कालोपत्रे गर्ने कार्यमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो ।

भीमदत्त नगरका प्रशासकीय अधिकृत हरिसिंह धामीले नेपालतर्फको सडक कालोपत्रे गर्ने क्रममा एसएसबीले विवादित क्षेत्र हो भन्दै निर्माण कार्य रोक्न भनेपछि काम अघि नबढेको बताए । ‘दुवै देशको सीमा संयुक्त सर्वेटोली र जिल्ला प्रमुख स्तरिय बैठकबाट सीमा विवाद टुङ्गो लागेपछि मात्रै काम गर्न दिन्छौं भन्दै अबरोध गरेको धामीले बताए । उनका अनुसार चालु आर्थिक वर्षको नगरपालिकाको योजना अनुसार ४३ लाखको लागतमा १ दशमलव ३८ किलो मिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का दिइसकेको थियो ।

ठेक्का पाएको न्यू जोशी कस्ट्रक्सनका संचालक भीमराज जोशीले काम सुरु गर्दा चार जना एसएसबी आएर काम रोकेको बताए । ‘माथिको आदेश छैन भन्दै काम गर्न दिएन,’ जोशीले भने, ‘हामी काम सुरु गर्न मजदुर र आवश्यक उपकरणसहित ब्रम्हदेब गएका थियौ ।’ एसएसबीले काम रोकेको क्षेत्रमा भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिल कुमार बैद्यलगायत सुरक्षा निकाय र सरोकारवालाले समस्याको निकास निकाल्ने प्रयास गरिरहेको भीमदत्त नगरपालिकाले जनाएको छ ।

९ महिना अघिको बदला लिन भारतको प्रपञ्च

९ महिना अघि भारतीय पक्षले टनकपुर ब्यारेजदेखि ब्रम्हदेब बजारसम्म कालोपत्रे गर्न काम सुरु गरेको थियो । भारतले नेपाली भूूमिसम्म सडक कालोपत्रे गर्न लाग्दा नेपाली पक्षले बिरोध गरेका थिए । नेपाली भूमिमा आफैंले सडक बनाउने बताएपछि भारतीय पक्षले आफ्नोतर्फमात्र सडक निर्माण गर्यो ।

भारतीय पक्षले ९ महिना अघि नै ब्रम्हेदब बजारसम्म कालोपत्रे गर्नका लागि ब्रम्हदेब बजारको कल्भटमा टिबिएम–३, टिबी डब्लु लेखेर निसाना लगाएका थिए । सोहीबेला दुवै पक्षबीच आ–आफ्नो भूमिमा आफैले कालोपत्रे गर्ने सहमती भएको थियो । टनकपुर बाँध निर्माणकै बेला सीमा नम्बर ३ पिलर हराएको थियो । सोही समयमदेखि उक्त भूमि विवादित बन्दै आएको नेपाली पक्षको भनाई छ । नेपाली पक्षले भने अर्काको भूमिका हस्तक्षेप नगर्न आग्रह गर्दै आएको छ ।