मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण २९ आइतबार १९:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा ६ वर्षे बालिकाको डुबेर मृत्यु

Read Time : < 1 मिनेट
२०७९ श्रावण २९ आइतबार १९:५८:००

नहरमा डुबेर चितवनमा एक बालिकाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका १६ स्थित एकता टोल बस्ने विमल केसीकी ६ बर्षकी छोरी संस्कृति केसीको मृत्यु भएको हो।  

घरनजिकै रहेको सिँचाइको नहरमा खेल्ने क्रममा अचानक खसी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनलाई नहरले बगाएर अन्दाजी ३ किमि टाढा सेवाकेन्द्र टोलनजिकै पुर्याएको थियो। 

खोजतलासी गर्ने क्रममा संस्कृतिलाई अचेत अवस्थामा फेला पारी तत्काल उपचारको लागि गुञ्जमानसिंह अस्पताल लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए। बालिकाको शव पोस्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल ल्याइएको छ।