१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २९ आइतबार १८:४१:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ब्याटिङमा समस्या छ, तीन महिनामा सुधार हुन्छ : प्रशिक्षक प्रभाकर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २९ आइतबार १८:४१:००

नवनियुक्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले दुईदेखि तीन महिनाभित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने बताएका छन् । मुख्य प्रशिक्षक प्रभाकरले आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई २-३ महिनामा नै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभावकरले पहिलो दिन आइतबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरूमा भएको कमीकमजोरी भेटाएको भन्दै सुधार गर्ने वाचा गरे । प्रभाकरले नेपाली खेलाडीले आइपिएलको सिको गरिरहेको भन्दै खेलाडीमा टेक्निक नभएको र टेक्निकलाई सुधार गर्ने बताए । 

विश्व क्रिकेट लिग–२ मा नेपाली टोलीले २० खेल खेलिसकेको छ । नेपाली टोलीका लागि अब १६ खेल बाँकी रहेको भन्दै प्रशिक्षक प्रभाकारले धेरैभन्दा धेरै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ टोलीलाई अभ्यास गराउने बताए । 
नेपाली टोलीले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आए पनि धेरैजसो खेलमा कमजोर ब्याटिङका कारण पराजित हुने गरेको प्रशस्तै उदाहरणहरू छन् ।

पछिल्लो समय टोलीभित्र नै विवाद भइरहेको अवस्थामा प्रशिक्षक प्रभाकरलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने चुनौती छ । खेलाडीबीच गुट-उपगुट पनि टोलीको अर्को समस्या रहेको छ । यस्तै, अवस्थामा कसरी अगाडि बढाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रशिक्षक प्रभाकारले कुनै पनि परिवारभित्र समूह भएको अवस्थामा परिवारलाई सफलता नमिल्ने बताए । परिवारभित्रको पीडा सबैको पीडा हुने र समाधान गरेर अगाडि बढ्ने उनको प्रतिबद्धता छ । यस्तो समस्या सबैतिर हुने गरेको र यसलाई समाधान गर्न जिम्मेवारी दिएको अवस्थामा समस्या सुल्झिने उनको भनाइ थियो । 

अहिलेको अवस्थामा नेपाली टोलीभित्र युवा खेलाडीको बाहुल्यता छ । खेलाडीको औसत आयु २२ वर्ष भएको भन्दै उनीहरूका लागि सिकाइ महत्वपूर्ण हुने प्रशिक्षक प्रभाकरले बताए । यस्तै, उमेर समूहले छिटो सिक्ने र परिणाम पनि चाँडै देखाउने विश्वास उनले व्यक्त गरे । प्रशिक्षक प्रभाकार क्यानेडियन प्रशिक्षक पुबुदु दाशानायकेको राजीनामापछि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न शनिबार नेपाल आएका हुन् ।