मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७५ चैत ८ शुक्रबार १३:४०:००
Read Time : < 1 मिनेट
विश्व

क्रिकेटर गौतम गम्भीर भाजपा प्रवेश, दिल्लीबाट उम्मेद्वारी दिने तयारी

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ चैत ८ शुक्रबार १३:४०:००

भारतीय टिमका पूर्व क्रिकेटर गौतम गम्भीर भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । आसन्न लोकसभा निर्वाचनमा उनले संघीय राजधानी नयाँ दिल्लीका सातमध्ये एक निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने तयारी समेत गरिरहेका छन् ।

संघीय मन्त्रीहरु अरुण जेट्ली र रविशंकर प्रसादले उनलाई शुक्रबार पार्टी प्रवेश गराए । ‘प्रधानमन्त्री नरेन्द्र मोदीको ‘भिजन’बाट प्रभावित भएर म पार्टी प्रवेश गरेको हुँ,’ पार्टी प्रवेश गर्नुको कारण खुलाउँदै उनले भने । भाजपाको सदस्य बन्न पाउँदा आफूलाई गर्व लागेको उनले बताएका छन् । 

गम्भीरले २००७को एकदिवसीय विश्वकप र २०११ को टी–२० विश्वकपमा भारतका लागि महत्वपूर्ण भूमिका निभाएका थिए । भाजपा स्रोतका अनुसार उनी दिल्लीमा अहिले मिनाक्षी लेखी सांसद रहेको क्षेत्रबाट चुनाव लड्न सक्नेछन् ।