१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ श्रावण २९ आइतबार १६:१७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

Read Time : > 2 मिनेट
२०७९ श्रावण २९ आइतबार १६:१७:००

सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिए । 

प्रवक्ता कार्कीका अनुसार सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष ०७९–८० को नयाँ तलबमान र ग्रेड सरकारले स्वीकृत गरेको हो । उनले जापान सरकारबाट पूर्वीतराईको सिँचाइ प्रणाली पुनर्स्थापना आयोजनाका लागि प्राप्त हुने दुई हजार दुई सय ५६ मिलियन जापानी येन (करिब दुई अर्ब १३ करोड ६४ लाख) अनुदान सहायता पनि सरकारले स्वीकार गरेको बताए । 

यस्ता छन् निर्णयहरू :

  •  आगामी भदौ ७ देखि ९ मा संयुक्त राष्ट्रसंघको आयोजनामा थाइल्यान्डको राजधानी बैंककमा हुने दक्षिण एक्सेन्ज एन्ड प्रिपेरिङ स्मुथ ट्रान्जिसन स्टाटेजी कार्यक्रममा सहभागीका लागि राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृत दिने,
  •  विश्व बैंकबाट हरित उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने अमेरिकी डलर एक सय मिलियन करिब १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने,
  • जापान सरकारबाट पूर्वीतराईको सिँचाइ प्रणाली पुनर्स्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन दुई हजार दुई सय ५६ मिलियन करिब दुई अर्ब १३ करोड ६४ लाख अनुदान सहायता स्वीकार गर्ने
  • सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत गर्ने, 
  • आर्थिक वर्ष ०७८–७९ का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विभिन्न आयोजनाका लागि राजपत्रांकित श्रेणीका ५१ वटा पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने, 
  • आर्थिक वर्ष ०७८–७९का लागि कानुन तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका ५८ वटा पदको स्थायी दरबन्दी स्वीकृत गर्ने, 
  • आर्थिक वर्ष ०७८–७९ का लागि कृषि तथा पशु विकास मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका २० वटा पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने, 
  • सशस्त्र प्रहरी सेवा आयोगको सदस्य तोक्ने, 
  • नसिम नाइनको प्रमाणपत्र नम्बर १५,०१,७१,०५४७०, मिति २०७१–८–७ मा जारी भएको वंशजको नागरिकता रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने
  • सप्तकोसी नदीमा आएको बाढीबाट बढी क्षति भएका भौगोलिक क्षेत्रलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने, 
  • पर्वतको कुश्मा नगरपालिका– ५ स्थित १३ रोपनी १५ आना जग्गामध्ये जिल्ला समन्वय समिति पर्वतले भोगचलान गरेको ६ रोपनी ६ आना दुई पैसा एक दाम रोपनी जग्गामध्ये दुई रोपनी आठ आना तीन पैसा तीन दाम रोपनी जग्गा कुश्मा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि उपयोग गर्न स्वीकृत दिने,
  • आर्थिक वर्ष ०७८–७९ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका तीन सय ५५ वटा पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, 
  • आर्थिक वर्ष ०७८–७९ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका १५ वटा पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने, 
  • राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन पहिलो निर्देशिका,२०७९ स्वीकृत गर्ने, 
  • भारतीय सेनाका स्थलसेना अध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने, 
  • युएस डिपार्टमेन्ट इन्जिरको आयोजनामा आगामी २०२२ नोबेम्बर १४ देखि १८ सम्म अमेरिकामा हुने फन्डामेन्टल कार्यक्रममा नेपालको तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई भाग लिन स्वीकृत दिने, 
  • रोमनियाको बोखारेस्टमा आएटुयुको आयोजनामा असोज १० देखि २८ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय दूरसञ्चार संघको कार्यक्रममा सहभागी हुन  सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई स्वीकृत दिने, 
  • आर्थिक वर्ष ०७८–७९ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका २३ वटा पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, 
  • नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची ३ को हेरफेर गर्ने र राजपत्रमा सूचना प्रकाश गर्ने ।