मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २९ आइतबार १५:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आर्थिक सम्पन्नताको एजेन्डा बोकेर कांग्रेस जनतामा जान्छ : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २९ आइतबार १५:५९:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आफूले गरेका कामबारे प्रचार गर्न नसकेको बताएका छन्। कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले मुलुकमा धेरै परिवर्तनको नेतृत्व गरेको पार्टीले यस विषयमा जनतालाई अनुभूत हुने गरी छलफल चलाउन नसकेको बताएका हुन्।

राजनीतिक परिवर्तन आइसकेकाले अब आमनागरिकको जीवन सहज हुने गरी आर्थिक सम्पन्नतातर्फ केन्द्रित हुनुपर्ने उनको धारणा छ। उनले कांग्रेसले बोलेरभन्दा पनि काम गरेर देखाउनुपर्नेमा जोड दिए। नेता सिंहले अबको निर्वाचनमा कांग्रेसले आर्थिक सम्पन्नताको अभियानका  कार्यक्रमसहितको एजेन्डा लिएर जाने प्रस्ट पारे।

फरक प्रसंगमा उनले जनताको जनादेशको अवमूल्यन गर्नेहरूले अहिले परमादेशको कुरा गर्नु गलत भएको भन्दै कांग्रेस अरू पार्टीजस्तो जिम्मेवारीबाट भाग्न नमिल्ने बताए।