Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ श्रावण २८ शनिबार १८:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावसम्म कांग्रेस एक्लिन्छ, वाम गठबन्धन हुन्छ : एमाले नेता गौतम

Read Time : < 1 मिनेट
२०७९ श्रावण २८ शनिबार १८:१४:००

नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले आगामी निर्वाचनमा वाम गठबन्धन हुने बताएका छन् । प्रेस चौतारी नेपाल ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गौतमले पार्टीभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसकेको कांग्रेसले कम्युनिस्टहरूलाई साथ लिएर हिँड्न नसक्ने बताए ।  नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सँग एमालेले चुनावी तालमेल गर्ने सम्भावना रहेको उनको दाबी छ । 

कांग्रेससँगको गठबन्धन तोडर आएमा माओवादी र समाजवादीसँग तालमेल गरेर जान एमाले तयार रहेको पनि नेता गौतमले बताए । कांग्रेसको नेतृत्वमा समाजवादको गन्तव्यमा नपुगिने भन्दै गौतमले नेपालमा वामपन्थीहरू एक हुनुपर्ने आवश्यकता रहेको धारणा राखे । माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्न एमाले तयार भए पनि माओवादी आफैँ अहिले निर्णय गर्न सक्ने अवस्थामा नरहेको उनको भनाइ थियो । कांग्रेसले थोरै सिटमा कम्युनिस्टहरूलाई थन्काउने तयारी गरिरहेको भन्दै अन्ततः बागबन्डा नमिलेपछि कांग्रेस एक्लिने उनको तर्क छ । 

नेता गौतमले गठबन्धन गरेर बहुमत आफ्नो पक्षमा पार्ने गरी सिट बाँडफाँड गर्ने र चुनावपछि आफैँले नेतृत्व गरेर सत्ता चलाउने कांग्रेसको रणनीति रहेको जिकिर गरे । आफ्नो पक्षमा बहुमत नआउने देखिए कम्युनिस्टहरूलाई बाहिर राखेर जसपा, लोसपालगायतका पार्टीसँग तालमेल गर्दै सरकार बनाउने कांग्रेसको रणनीति रहेको उनले बताए । 

राष्ट्रहित र विकासका कामलाई लिएर नेकपा एमाले आगामी चुनावमा जाने भन्दै नेता गौतमले आगामी निर्वाचनमा एमालेलाई जित्नैपर्ने दबाब रहेको प्रस्ट पारे । देशभर संगठन सुदृढीकरण र प्रशिक्षणमा पार्टी जुटेको उनले बताए । पार्टी प्रशिक्षणकै क्रममा गौतमसहितका केन्द्रीय नेताहरू ओखलढुंगा आएका हुन् ।