मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे
मुख्य समाचार डिजिटल संस्करण

सिट बाँडफाँडको आधारबारे जनतालाई स्पष्ट पार्नुपर्छ : कांग्रेस नेता केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २८ शनिबार १४:१५:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन्।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले दलभित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेका हुन् । उनले एकातिर मापदण्ड र अर्कोतिर मन परेको व्यक्तिलाई टिकट वितरण नगर्न चेतावनीसमेत दिएका छन् ।

‘गठबन्धन परिस्थितिको बाध्यताका कारण बनेको हो, तर पनि संविधानलाई जोगाउनका लागि बनेको गठबन्धनले केका आधारमा सिट फाँडफाँड भयो भन्ने आधार जनता र कार्यकर्तालाई दिनुपर्छ,’ उनले भने, ‘एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिने काम नहोस् ।’

नेता केसीले संस्थापक पक्षले मनपरी गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएका छन्। गठबन्धनलाई सही बाटोमा लैजान र संविधानसम्मत अघि बढाउन जनता र कार्यकर्तालाई सिट बाँडफाँडका आधारबारे स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।