मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मिटरब्याजीलाई कारबाहीको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिँदै पीडितहरू । तस्बिर : नयाँ पत्रिका अर्काइभबाट
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २८ शनिबार १२:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

५ भदौभित्र मिटरब्याजीविरुद्ध उजुरी दिन गृहको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २८ शनिबार १२:४९:००

गृह मन्त्रालयले मिटरब्याजी पीडितहरुसँग उजुरी दर्ता गर्न आह्वान गरेको छ। मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै आगामी ५ भदौसम्म आफ्नो जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन आग्रह गरेको हो।

सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै पीडितहरुबाट उजुरी आह्वान गरेको हो । ‘मिटरब्याजपीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित प्रशासन कार्यालयमा ५ भाद्रभित्र यथासम्भव बढी तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।

गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरी मिटरब्याजी अपराधमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए।