मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २५ बुधबार २१:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगलागीमा ११ घर जले

Read Time : < 1 मिनेट
२०७९ श्रावण २५ बुधबार २१:३८:००

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा रहेको दलितबस्तीमा आज आगलागी हुँदा ११ घर जलेका छन् । 

डाक्नेश्वरी नगरपालिका–३ स्थित दलितबस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख मीरा यादवले जानकारी दिइन् । आगलागीबाट  गुलदेव सदा, वासुदेव सदा, कैलु सदा, रामसुन्दर सदा, भिखारी सदा, नेहारी सदा, गौतम सदा, सोनी सदा, चन्दन सदा, श्रवण सदा र श्याम सदाको घर जलेर नष्ट भएको यादवले बताइन् । 

आगलागीबाट घर, घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर र पशु चौपायासहित लाखौँको धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन् । डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख यादवले आज आगलागी पीडितसँग भेटघाट गरी नगरपालिकाले तत्काल राहतको व्यवस्था मिलाउने आश्वासन दिइन् ।