मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २४ मंगलबार २३:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीमा कोभिड देखिएपछि १० दिनका लागि विद्यालय बन्द 

Read Time : < 1 मिनेट
२०७९ श्रावण २४ मंगलबार २३:३३:००

ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका– २ मा रहेको मैवाखोला माध्यमिक विद्यालय कोरोना संक्रमणका कारण बुधबारदेखि १० दिनसम्मका लागि बन्द हुने भएको छ ।

विद्यार्थीलाई रुघाखोकी तथा ज्वरो आएपछि एन्टिजेन परीक्षण गरिएको थियो । ३७ जना विद्यार्थीमा गरिएको एन्टिजेन परीक्षणमा एकजनालाई कोरोना देखियो । सो परीक्षणबाट एकजनामा कोरोना देखिएपछि विद्यालय बन्द गर्नुपरेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय किराँतले बताए ।

उता, कोभिड समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी महेश पोख्रेलले पनि उक्त विद्यालयलाई बन्द गर्न निर्देशन दिइएको बताए ।