मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २४ मंगलबार २१:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेवा सुविधावृद्धिको माग गर्दै धादिङका कर्मचारी आन्दोलित

Read Time : < 1 मिनेट
२०७९ श्रावण २४ मंगलबार २१:२७:००

धादिङका निजामती कार्यालयका कर्मचारी आफ्नो सेवा–सुविधा बढाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन् । मंगलबार कामकाज ठप्प गरेर उनीहरूले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसमक्ष आफ्ना माग बुझाए । 
प्रस्तावित संघीय निजामती सेवा ऐनमा राजपत्र अनंकित कर्मचारीहरूको तलब वृद्धि विकासमा रोक लगाउने प्रावधान राखिएको भन्दै उनीहरूले उक्त प्रावधान खारेजीको माग गरेका छन् । प्रतिशतका आधारमा तलबभत्ता वृद्धि हुँदा माथिल्लो तहका कर्मचारीको तुलनामा तल्लो तहको कर्मचारीको वृद्धि निकै कम हुने उनीहरूको गुनासो छ । 
मर्यादाक्रमअनुसारको तलब समायोजनको माग राखेर उनीहरूले प्रजिअमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । राजपत्र अनंकित कर्मचारीको मुद्दालाई सरकारले बेवास्ता गरेको उनीहरूको गुनासो छ । आन्दोलनको कार्यक्रमअनुसार बिदामा बसेर आन्दोलन गरेका उनीहरूले आफ्ना माग संघीय सरकारसमक्ष पुर्याइदिन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसँग अनुरोध गरेका हुन् । 
आन्दोलनरत कर्मचारीहरूसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारीले सेवा नरोक्न निर्देशन दिएका छन् । ‘धेरै टाढाबाट सेवाग्राही सेवा लिन आएका हुन्छन्,’ लम्सालले भने– ‘सेवा प्रभावित हुँदा उनीहरूलाई खान, बस्न, फर्कन समस्या पर्न सक्छ । सरकारी कर्मचारीप्रतिको विश्वास घट्न सक्छ । निम्न आयस्तर भएका सेवाग्राहीलाई मारमा पार्न हुन्न । तपाईंहरूको माग सरकारसमक्ष पुर्याउँछौँ । सेवा प्रभावित नगर्नुस् ।’