१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २४ मंगलबार ०७:४८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा दोहोरो अंकको करेक्सन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २४ मंगलबार ०७:४८:००

आइतबार दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार भने दोहोरो अंकले नै घटेको छ । सोमबार नेप्से परिसूचक १७ दशमलव ६८ अंकले घटेर दुई हजार एक सय ६ दशमलव १५ बिन्दुमा पुगेको हो । आइतबार नेप्से परिसूचक १० दशमलव २७ अंकले बढेर दुई हजार एक सय २३ दशमलव ८२ बिन्दुमा पुगेको थियो । सोमबार भने त्यो शून्य दशमलव ८३ प्रतिशतले घटेको छ ।

त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स पनि तीन दशमलव ४४ अंकले घटेर ४०६  दशमलव ११ बिन्दुमा झरेको छ । सोमबार कारोबार सुरु भएपछि केही समयसम्म नेप्से परिसूचक बढेको थियो । कारोबारको समयमा परिसूचक बढेर दुई हजार एक सय ४० दशमलव शून्य आठ बिन्दुसम्म पुगेको थियो । कारोबार अन्तिम समयसम्म आइपुग्दा परिसूचक घटेको हो । 

दुई सय ८५ करोडको सेयर कारोबार
सोमबार दुई अर्ब ८५ करोड ७० लाखबराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका दुई सय १४ धितोपत्र र ऋणपत्र (स्क्रिप्ट)को ६५ लाख २७ हजार चार सय १४ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्या भने ४४ हजार पाँच सय रहेको छ । आइतबार दुई अर्ब ६७ करोड ३३ लाखको सेयर कारोबार भएको थियो । त्यसको तुलनामा सोमबार सेयर कारोबार रकम भने बढेको देखिन्छ । 

म्युचुअल फन्ड र उत्पादनमूलक क्षेत्रको सूचक बढ्यो
समग्र नेप्से परिसूचक घट्दा म्युचुअल फन्ड र उत्पादनमूलक (म्यानुफ्याक्चरिङ तथा प्रोडक्सन) समूहको सूचक भने बढेको छ । कारोबारमा आएका १३ समूहमा दुई समूहको सूचक मात्र बढेको हो । नेप्सेका अनुसार उत्पादनमूलक समूहको सूचक पाँच दशमलव ६४ अंकले बढेर पाँच हजार चार सय ४९ दशमलव शून्य ८ अंकमा पुगेको छ । यस्तै, म्युचुअल फन्डको सूचक शून्य दशमलव ४ अंकले बढेर १४ दशमलव ९२ बिन्दुमा पुगेको छ । यसका अलावा अन्य ११ समूहका सूचक भने घटेका छन् । 

दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
नेप्से परिसूचक घट्दा पनि सोमबार दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सोमबार गुराँस लघुवित्तको सेयर मूल्य प्रतिकित्ता एक सय रुपैयाँले बढेर एक हजार एक सय रुपैयाँ पुगेको छ । यसैगरी, हिमालयन हाइड्रोपावारको मूल्य प्रतिकित्ता २२ रुपैयाँ ८० पैसाले बढेर दुई सय ५० रुपैयाँ ८० पैसा पुगेको छ । 

तथ्यांकमा सोमबारको सेयर बजार
नेप्से परिसूचक    ः २१०६.१५ (–१७.६८)
कारोबार रकम    ः दुई अर्ब ८५ करोड ७० लाख
खरिद–बिक्री भएको सेयर    ः ६५ लाख २७ हजार चार सय १४ कित्ता
कारोबार संख्या    ः ४४ हजार ५ सय ५३
कारोबारमा आएका स्क्रिप्ट    ः २ सय १४
कुल बजार पुँजीकरण    ः ३० खर्ब आठ अर्ब सात करोड