मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण २३ सोमबार २१:१६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेर्पा स्पोर्टसलाई उपाधि

Read Time : < 1 मिनेट
२०७९ श्रावण २३ सोमबार २१:१६:००

दिक्तेलस्थित माटीकोरे मैदानमा सम्पन्न ‘प्रथम अन्तरसंस्था कप फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लबले उचालेको छ । खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको प्रतियोगितामा आयोजक केएफएलाई १–० ले हराउँदै नेर्पाले प्रथम उपाधि उचालेको हो । 
प्रतियोगिताको पहिलो हाफको ३०औँ मिनेटमा नेर्पाका खेलाडी युवराज राईले गरेको गोल नै निर्णायक बन्यो । जिल्लाका २२ संस्थाले सहभागिता जनाएको प्रतियोगितामा साकेला गाउँपालिका तेस्रो भयो । 
विजयी खेलाडीलाई साकेला गाउँपालिका प्रमुख रविप्रकाश राई र जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले संयुक्त रूपमा नगद पुरस्कार तथा ट्रफी प्रदान गरे ।  
उत्कृष्ट खेलाडीमा नेर्पाका युवराज राई, उत्कृष्ट गोलरक्षकमा केएफएका सुरेश राई, सर्वाधिक गोलकर्तामा जिल्ला फुटबल संघका सोनित राई, उत्कृष्ट प्रशिक्षकमा नेर्पाका सरोज गुरुङ, उत्कृष्ट मिडफिल्डरमा नेर्पाका अविरल राई र उत्कृष्ट डिफेन्डरमा केएफएका भीषण राई घोषित भए । 
प्रतियोगिताको प्रथम पुरस्कार मनोज स्मृति प्रतिष्ठान दिक्तेलले प्रायोजन गरेको आयोजक संस्था केएफएका अध्यक्ष नूरकाजी सैँजूले जानकारी दिए ।