मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार २१:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१७ प्रतिशत पुग्यो कोभिड संक्रमणदर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार २१:०४:००

कोभिड संक्रमणदर निरन्तर बढ्दै गएको छ । देशभर गरिएको नमुना परीक्षणको आधारमा आइतबारको तुलनामा सोमबार झन्डै दोब्बरको संख्यामा नयाँ संक्रमित थपिएका छन् । 
दैनिक कोभिड संक्रमितको संख्या झन्डै एक हजार पुग्न लागेको छ । योसँगै दैनिक संक्रमणदरसमेत बढेर १७ प्रतिशत पुगेको छ । साउनको दोस्रो सातासम्म १० प्रतिशत रहेको दैनिक संक्रमणदर तेस्रो साता नबित्दै १७ प्रतिशत पुगेको हो । नेपालमा साउन महिनाको सुरुवातदेखि नै कोभिड संक्रमणदर निरन्तर बढ्दै गएको छ । 
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार सोमबार थप ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार ५ सय ५३ जनामा संक्रमण देखिएको थियो । योसँगै देशभर सक्रिय संक्रमितको संख्यासमेत पाँच हजार ६ सय ८६ पुगेको छ भने अस्पताल भर्ना हुनेको संख्यासमेत एक सय ७७ पुगेको छ । मन्त्रालयको विवरणअनुसार ४७ जना आइसियू र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।