१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०६:३०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लेक्ट्रो इ–साइकल नेपाली बजारमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०६:३०:००

लेक्ट्रो इ–साइकलको नेपालका लागि आधिकारिक विक्रेता निम्बस इन्टरनेसनल कम्पनी प्रालिले बजारमा उक्त साइकल सार्वजनिक गरेको छ । कम्पनीले ललितपुरको पुल्चोकमा लेक्ट्रो इ–साइकल सोरुम उद्घाटनसँगै उक्त साइकल बजारमा ल्याएको हो । 

यो इभिको श्रेणीमा आफ्नो वजनको चार गुणासम्म बोक्न सक्ने एक मात्र साइकल रहेको कम्पनीको दाबी छ । यसमा रहेका बिएलडिसी मोटर, लि–आयन ब्याट्री र चुस्त फ्रेम रहेको तथा मेकानिकल र बिजुलीद्वारा सञ्चालित हुने हुनाले गन्तव्यमा पुग्न कुनै चिन्ता नहुने कम्पनीले जनाएको छ । राइडरको सुविधाअनुसार यसमा ब्याट्री निकालेर कोठामा चार्ज गर्न पनि सकिने विशेषता रहेको जनाइएको छ । यसको मोटर तथा ब्याट्रीमा समेत दुई वर्षको वारेन्टी रहेको कम्पनीको भनाइ छ । 

कम्पनीले कार्गो साइकलसमेत गरी ११ प्रकारका साइकल ल्याएको जनाएको छ । यी साइकलको ब्याट्री फुल चार्जमा २५ किलोमिटरदेखि ६० किलोमिटर क्षमताको रहेको जनाइएको छ । त्यस्तै, चार्ज अवधि पाँचदेखि सात घन्टा रहेको कम्पनीको भनाइ छ । यी साइकलको मूल्य ७५ हजार नौ सय रुपैयाँदेखि एक लाख ३९ हजार नौ सय रुपैयाँसम्म तोकिएको छ ।