१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०६:२५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘नोकिया नेपाल इन्नोभेसन डे २०२२’ सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०६:२५:००

नोकियाले फिनल्यान्ड दूतावाससँगको सहकार्यमा ‘नोकिया नेपाल इन्नोभेसन डे २०२२’ आयोजना गरेको छ । सन् २०१७ मा नेपाललाई कार्य क्षेत्र बनाएको नोकिया हाल १० लाखभन्दा बढी नेपाली घरहरूसम्म आफ्ना ग्राहक अपरेटरहरूमार्फत उच्च गुणस्तरको फिक्स्ड ब्रोडब्यान्ड सेवा पु¥याउन सफल कम्पनी हो । 

अब नेपाललाई फाइभ–जी युगका लागि तयार पार्ने र डिजिटल क्रान्तिको हिस्सा बनाउने लक्ष्य लिएको नोकियाले जनाएको छ । यसको मुख्य उद्देश्य उच्च गुणस्तरीय सेवा, किफायती मोबाइल र फिक्स्ड ब्रोडब्यान्ड रहेको कम्पनीको दाबी छ । नोकिया नेपाल इन्नोभेसन डे कार्यक्रममा कम्पनीले आवश्यकतालाई सम्बोधन गर्न र त्यसका साथै अभूतपूर्वस्तरमा मानिसहरू, व्यवसाय र मेसिनरीहरूलाई निर्बाध रूपमा जडान गर्न, नयाँ सेवाहरू विकास गर्न र राजस्व चलाउने तरिकाहरू अन्वेषण गर्न विषय विशेषज्ञहरूलाई निम्त्याएको जनाइएको छ ।

कार्यक्रमा मुख्य विषयमा फाइभ–जी जारी गर्ने, इन्डस्ट्री ४.० को डिजिटल युगमा रूपान्तरण गर्ने र गिगाबिट युगमा गति बढाउँदै पहिलेभन्दा छिटो, धेरै मात्रामा फलदायी रूपमा जडान गर्ने फ्युचर–प्रुफ ब्रोडब्यान्ड नेटवर्क कसरी सिर्जना गर्ने भन्ने रहेको कम्पनीले जनाएको छ । थप सक्रिय, डिजिटल र दिगो भविष्यका निम्ति विज्ञहरूले उद्योगहरू, सरकारहरू र सहरहरूका लागि उद्देश्य–डिजाइन नेटवर्कहरू निर्माण गर्नेबारे कुरा गरेको कम्पनीले जनाएको छ । एजेन्डामा बिजुली र उपयोगिता, सार्वजनिक सुरक्षा, यातायात, स्मार्ट सहरहरूलगायत विभिन्न उद्योग भर्टिकल्सहरूका लागि इन्डस्ट्री ४.० का निम्ति फाइभ–जी प्रयोग गर्नेबारे छलफलहरू समावेश गरिएको थियो ।

कम्पनीले मोबिलिटी, फिक्स्ड नेटवर्क, आइपी र अप्टिकल नेटवर्क र इन्टरप्राइजेजका लागि आफ्नो बजार अग्रणी समाधानहरू प्रदर्शन गरेको थियो भने नेटवर्क स्केलमा प्रदर्शन गर्नेबारे, गतिमा अनुकूलन गर्ने, ग्राहकको अनुभव बढाउने र नयाँ राजस्व स्ट्रिमहरू अनलक गर्ने र डिजाइन गर्न सकिन्छ भनेर प्रदर्शन गरेको जनाएको छ ।