मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०६:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलको युवावर्ग लक्षित ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०६:१८:००

 एनसेल आजियाटा लिमिटेडले युवाहरूले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा ल्याएको हो । इन्स्टाग्राम, माई फाइभलगायत विभिन्न डिजिटल सेवाहरूमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवासहित कम्पनीले यो प्याक ल्याएको हो ।

ग्राहकहरूले सोमबारदेखि ९७ रुपैयाँमा यो सिम लिन सक्ने जनाइएको छ । सिममा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको दुई सय एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउने कम्पनीले जनाएको छ । यसका साथै प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा ननस्टप रूपमा निःशुल्क चलाउन सक्ने उल्लेख छ । यो प्याक सुचारु गर्ने ग्राहकले ३० दिनसम्म माई फाइभ सेवा पनि निःशुल्क तथा कुनै पाँचवटा एनसेल नम्बरहरू पेयर गरी ती पाँच माई फाइभ नम्बरहरूमा प्रतिमिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्ने कम्पनीले जनाएको छ । 

यस प्याकमा ग्राहकले सिम सुचारु गरेको दुईदेखि ६ महिनाको अवधिभित्र ५० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माई फाइभ सेवा पुनः सुचारु हुने उल्लेख छ । निःशुल्क इन्स्टाग्राम र माई फाइभ सेवा कल ६ महिना सञ्चालनमा रहने जनाइएको छ । त्यस्तै, ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स र हङ्गामा म्युजिकजस्ता विभिन्न डिजिटल सेवाहरूको ३० दिनसम्म निःशुल्क मज्जा लिन सक्ने जनाइएको छ । यो योजनाले युवावर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।